<strong>अर्बौंको सेयर केबल ८०० डलरमा बेचेका </strong><strong>एप्पलका सह-संस्थापक</strong><strong></strong>
—निराजन सापकोटा
एप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो जसको स्थापना १ अप्रील १९७६ मा भएको थियो । एप्पलका संस्थापक स्टिभ जब्स , रोनाल्ड वेन र स्टीभ वोज्नियाक हुन । एप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप,आइप्याड र आइफोन निकै चर्चित छन् ।
नोभेम्बर २०२१ सम्ममा २.६४ ट्रिलियन अमेरिकी डलर बजार पुँजीको साथ एप्पल संसारको सबैभन्दा ठुलो सार्वजनिक कम्पनी हो । यस कम्पनीको १ कित्ता शेयरको बजार मुल्य १६१ अमेरिकी डलर रहेको छ । एप्पलको १० प्रतिशत स्वामित्व अहिले सपनाजस्तै लाग्छ तर एकजना मानिस जसले आफ्नो सबै १० प्रतिशत सेयर जम्मा ८०० अमेरिकी डलरमा बेचे । उनी हुन्, रोनाल्ड वेन एप्पलका तेस्रो सह-संस्थापक ।
रोनाल्ड वेनले सेयर बेच्नुको कारण व्यवसायले लगाएको कुनै पनि ऋण व्यक्तिगत रूपमा उहाँमा पर्नेछ भन्ने थियो । जब जब्स र वोज्नियाक दुवै युवा थिए तब उनिहरु सँग केही थिएन तर वेनसँग घर लगायतका सम्पत्तिहरू थिए र यदि कम्पनीले ऋण तिर्न सक्दैनथ्यो भने आर्थिक बोझ उनीमाथी पर्नेछ भन्ने डर थियो ।
जब्सले १५,००० अमेरिकी डलर ऋण लिएका थिए आफ्नो कम्पनीमा सामानहरु किन्नका लागी जसबाट उनको पहिलो सम्झौता करिब १०० कम्प्यूटरहरूको अर्डर पुरा गर्नु थियो । अर्डर दिएको थियो बे एरिया कम्प्युटर स्टोर, द बाइट शपले । द बाइट शप आफ्नो बिल तिर्न असफल भएको कारणले चिनिन्थ्यो र वेन चिन्तित थिए कि एप्पलले पैसा फिर्ता गर्न सक्षम हुनेछैन । त्यही कारणले वेनले आफ्नो नाम सम्झौताबाट हटाए र आफ्ना सेयरहरू आफ्ना सह-संस्थापकहरूलाई $ ८०० मा बेचे । स्टार्टअप छोड्ने वेनको निर्णयले उनलाई ठूलो मूल्य चुकायो। आज एप्पलको १० प्रतिशत सेयर २०० अर्ब डलरभन्दा बढीको छ ।
Comments