नेप्सेमा मात्र २ अर्बको कारोबार, २० अंकको धक्का !
आज बुधबार २०.३४ अंकले घटेर ०.७७ % गिरावटको साथ नेप्से २६३०.३६ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये ३० कम्पनी उकालो लागेका छन्, १५६ कम्पनी ओरालो लागेका छन् र ८ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये २ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने बाँकी ११ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पूँजीकरण घटेर रु ३७ खर्ब २९ अर्ब पुगेको छ ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २४७) जसले बजारमा भोलाटाइलिटी घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२६३३) भन्दा तल २६३० मा आएर बन्द भएको छ। आज बजारमा बिक्री बढेको देखिन्छ ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन भन्दा -२६ मा आएको देखिन्छ। हिस्टोग्राम हिजोको ८ बाट बढेर ८.४ मा आएको छ। एमएसिडी लाइनले तलतिर बाट माथि तिर सिग्नल लाइनलाइ क्रस गरेर माथि गएको छ र सिग्नल लाइन जिरो लाइन भन्दा तल -३५ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्री बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइन भने तलतिर निरन्तर लागेको देखिन्छ । -१४ डिएमआई लाईन तलतिर बाट माथि फर्किएको देखिन्छ जसले बिक्री बढेको बुझ्न सकिन्छ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिस क्यान्डल बनाएको छ जसले बजारमा बिक्री बढ्दै गएको जनाउँछ ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन -२९२५ देखि घटेर -३०५१ मा आएको छ। नेप्सेको कुल भोल्युम ३४९५६५२ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५१०७५६५) को ६८ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्ड २६३३ तल २६३० मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल -२६ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन तल -३५ मा देखिएको छ भने हिस्टोग्राम ८ बाट बढेर ८.४ मा पुगेको छ जसले बजारमा बिक्री बढेको देखिन्छ।
-१४ डिएमआई लाइन माथि फर्किएको छ भने +१४ डिएमआई लाईन पनि तल लागेको छ र एडिएक्स लाइन + १४डीएमआई लाइनलाइ क्रस गरेर तलतिर निरन्तर लागिरहेको देखिएको छ जसले ट्रेन्ड निरन्तर हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा बिक्रीकर्ताको मोमेन्टम सामान्य बढेको सङ्केत गर्छ। आरएसआइ आज ४५.६ मा पुगेको छ आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २६८० को एरिया रहेको देखिन्छ।
Comments