किन घट्यो नेप्सेमा कारोबार ?

आज बुधबार नेप्से परिसूचक २० अंकले घटेर २६३० मा आएको छ।

२ घण्टाको समयसम्ममा बजारमा कारोबार भने एक अर्ब पनि पुग्न सकेको छैन। कारोबार अत्यन्त सुस्ताउँदा पनि अरुण भ्याली हाइड्रो पावर भने करिब १ लाख कित्ता कारोबार भईसकेको देखिन्छ। त्यस्तै राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग पावर नेपाल भने सर्किट लेबलमा कारोबार भएको छ।

अहिले १ बजे सम्म १७१ कम्पनिको मूल्य घटेको छ भने ३५ कम्पनि बढेर कारोबार भएको देखिन्छ।

Comments

Back to top