डिस होम साधारणसभा गर्दै, हकप्रद र बोनस सेयर पछि आइपिओ निष्काशन पनि गर्ने

डिस मिडिया नेटवर्क ‘डिस होम’ले यहि चैत १५ गते साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभाको सूचनामा ‘असाधारण साधारणसभा’ भनेको छ । जसमा ७ वटा विशेष प्रस्ताव पेश गरिने छ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

त्यस्तै पूँजी बढाउने प्रस्ताव अगाडी सारे सँगै अधिकृत पूँजी बढाउने विशेष प्रस्ताव रहेको छ । कम्पनीले बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ तर कति प्रतिशत भनेर उल्लेख गरेको छैन । त्यस्तै बोनस सेयर पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडी सार्नेछ । हकप्रद सेयरको प्रतिशत भने सूचनामा खुलाइएको छैन ।

कम्पनीले बोनस सेयर र हकप्रद सेयर निष्काशन पछि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । त्यस्तै व्यवसाय विस्तार तथा अन्य प्रस्तावहरु कम्पनीका अध्यक्षले अगाडी सार्ने पनि उल्लेख गरिएको छ ।

Comments

Back to top