साल्ट ट्रेडिङले बोलायो साधारणसभा, कस्ता छन् विशेष एजेण्डाहरु?

साल्ट ट्रेडिङले चैत ३० गते ५५ औ वार्षिक साधारणसभा बोलाएको छ । चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले चैत ३० गते साधारणसभा गर्ने र साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

साल्ट ट्रेडिङले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर विशेष प्रस्तावको रुपमा पेश गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ३० लाख रुपैयाँ बोनस सेयर जारी गर्ने भएको हो । प्रस्तावित बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी २५ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारिन गर्ने विशेष प्रस्ताव रहेको छ ।

५५ औ वार्षिक साधारणसभाको लागि आर्थिक वर्ष २०७७/२०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्षको वासलात, नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने निजको पारिश्रमिक अनुमोदन गर्नेछ । सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको शूल्य दशमलब पचास प्रतिशतका दरले नगद लाभांश बापत ११ लाख ५२ हजार ४१४ रुपैयाँ वितरण गर्न स्वीकृतिका लागि सभामा पेश गर्नेछ । यस अगाडी नियुक्त भएका सञ्चालकलाई साधारणभाले अनुमोदन गर्ने छ ।

Comments

Back to top