बिक्रीकर्ता र खरिदकर्ताबीच होडबाजी, नेप्से विस्तारै उकालो लाग्दै

आज मंगलबार १६.०४ अंकले बढेर ०.६१ % वृद्धिको साथ नेप्से  २६५०.७० अंकमा बन्द भएको छ। कारोबार भएका २३५ कम्पनीमध्ये  १०६ कम्पनी उकालो लागेका छन्, ७७ कम्पनी ओरालो लागेका छन् र १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये १२उप-समुहको सेयर मूल्य उकालो लागेको छ भने बाँकी १ उप-समुहको सेयर मूल्य मात्र ओरालो लागेको छ।

बजार पूँजीकरण बढेर रु ३७ खर्ब ५८ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 22, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २६१) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२६३८) भन्दा माथि २६५० मा आएर बन्द भएको छ।  आज बजारमा खरिद बिक्रीको लागि होडबाजी रहेको देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -२८  मा आएको  देखिन्छ। हिस्टोग्राम हिजोको ६ बाट बढेर ८ मा आएको छ। एमएसिडी लाइनले  तलतिर बाट माथि तिर सिग्नल लाइनलाइ क्रस गरेर माथि गएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -३७ आएको छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा सामान्य  खरिद बढ्न लाएको बुझ्न सकिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन माथि फर्किएको छ भने   -१४ डिएमआई लाइन माथि बाट बिस्तारै तल तिर नै फर्किएको  छ।  सिग्नल लाइन भने तल लागेको देखिन्छ ।  -१४ डिएमआई लाइन माथितिर बाट तल  फर्किएको देखिन्छ  जसले बिक्री कम भएको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले बुलिस बेल्ट होल्ड क्यान्डल बनाएको  छ जसले अन्तिम समयमा सामान्य बिक्री बढेको जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 22, 2022

क्युमुलेटिभ एडी लाइन  -२९५४ देखि बढेर -२९२५ मा आएको छ। नेप्सेको कुल भोल्युम ४०६७८०१ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५१८१०९६)  को ७९ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्ड २६३८ तल २६५०  मा  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -२८ मा आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -३७  मा देखिएको छ  भने हिस्टोग्राम ६ बाट बढेर ८ मा पुगेको छ जसले बजारमा सामान्य खरिद बढेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाइन आज माथि लागेको छ । एडिएक्स लाइन + १४डीएमआई लाइनलाइ क्रस गरेर तलतिर निरन्तर लागेको छ  जसले  ट्रेन्ड निरन्तर  हुन सक्ने  जस्तो देखिएको छ।आज बजारमा खरिदकर्ताको  मोमेन्टम सामान्य बढेको सङ्केत गर्छ तर अन्तिममा बिक्रीकर्ता हाबी भएको पनि देखिन्छ। आरएसआइ आज ४८ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६००  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २६८० को एरिया रहेको देखिन्छ।

Comments

Back to top