नेप्से इन्ट्राडे: १२ अंकको बढोत्तरी

आज मंगलबार नेप्से परिसूचक २४ अंकले बढेर २६५५ पुगेको छ।

कारोबार खुलेको समय देखि उकालो लागेको नेप्से २४ अंकले बढेर अहिले भने बिस्तारै तल आएको देखिन्छ। १ बजेको अपडेट अनुसार नेप्से २६४३ को आसपास रहेको छ ।

१ बजे सम्ममा करिब एक अर्बको कारोबार हुँदा सिदार्थ इन्स्योरेन्स को सर्वाधिक खरिद बिक्री भएको देखिन्छ। त्यस्तै, लगातार सर्किट लेबलमा कारोबार हुँदै आएको इमर्जिङ्ग नेपालले आज पनि सर्किट लेबलमा नै कारोबार गरेको छ भने राष्ट्र उत्थान लघुवित्त ४% बढेर कारोबार भएको छ।

Comments

Back to top