नेप्सेमा चार कम्पनीको बोनश सेयर सुचिकृत,कसको कति?
नेप्सेमा चार कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत बोनश सेयर बापतको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता, वोमी लघुवित्तको २० प्रतिशत बोनश सेयर वापत ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता, प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनश सेयर वापत ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७५ प्रतिशत बोनश सेयर वापत ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अब यी कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएसँगै आज मंगलवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । सम्बन्धित सेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा सेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
Comments