छ्याङदी हाइड्रोपावरको लिलामी सेयर चैत ९ गतेसम्म भर्न पाइने

छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा सेयरमा आवेदन दिने चैत ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयरमा नबिकेको ५९ लाख ८२७ कित्ता सेयर चैत १ गतेदेखि लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आगामी चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आबेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय बीर्तामोड, बिराटनगर, जनकपुर, आदर्शनगर, वीरगञ्ज, हैटौंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरमा बोलपत्र फारम पाउने र बुझाउन कम्पनीले आग्रह गरेको हो ।

Comments

Back to top