समृद्धि फाइनान्समा अफिसरको लागि रोजगारी अवसर

समृद्धि फाइनान्स एक राष्ट्रिय स्तरको वित्त कम्पनी हो जसको मुख्य कार्यालय हेटौंडामा रहेको छ। यस कम्पनीले तल उल्लेखित पदमा इच्छुक नेपाली नागरिकहरूबाट दर्खास्त आव्हान गरेको छ।

एकाउण्ट (काठमाडौंका लागि अधिकृत तह) – १
शैक्षिक योग्यता: CA/CA फाइनल/ ACCA/ व्यवस्थापनमा स्नातक।

उमेर: न्यूनतम २१ वर्ष र ४० वर्षभन्दा बढी ननाघेको ।

अनुभव: कुनै पनि NRB लाइसेन्स BFls मा अनुभव भएको प्राथमिकता दिइनेछ।

कामको विवरण: BFI को लेखा प्रणाली, NFRS, IFRS, करको राम्रो ज्ञान हुनुपर्छ।
बजेट र बजेट नियन्त्रण प्रणालीको राम्रो बुझाइ र NRB निर्देशनसँग परिचित हुनु पर्छ ।
दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिईने छ ।

इच्छुक उम्मेद्वारहरूलाई बायोडाट , प्रमाण पत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको आफ्नो आवेदन मिति चैत्र १४, २०७८ को कारोबार समाप्त हुनु अघि इमेल ठेगाना [email protected] मा पेश गर्न अनुरोध गरिएको छ।

Comments

Back to top