नेपाली सेनामा इन्जिनियर र मालीका लागि रोजगारीको अवसर

काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको लागि आवश्यक निम्न पदहरूमा योग्य उम्मेद्वारहरूबाट खुला प्रतिस्पर्धा मार्फत् करार सेवामा नियुक्तिको लागि विज्ञापन खुलाईएको छ। सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आयोजनाको कार्यालयमा व्यक्तिगत रुपमा उपस्थित भई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि को साथमा रु. १० को टिकट टाँसेर लिखित निवेदन पेश गर्न वा प्रमाणपत्रहरू डिजिटल रूपमा स्क्यान गरी यस कार्यालयको इमेल ठेगाना [email protected] मा पेश गर्न सकिन्छ।

Comments

Back to top