नेपाल पुनर्बीमा कम्पनीले दुईजना पुनर्बीमा विज्ञको लागि खुलायो अवसर

सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले दुईजना पुनर्बीमा विज्ञ नियुक्ति गर्नको लागी विज्ञापन प्रकाशन गरेको छ । कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी स्वदेशी पूनर्बीमा विज्ञ र स्वदेशी पुनर्बीमा दाबी विज्ञ पदको लागी आवेदन माग गरेको हो । दुबै पदमा एक एक जना करारमा नियुक्त गरिने कम्पनीले उल्लेख गरेको छ ।

पुनर्बीमा विज्ञको लागी शैक्षिक योग्यताको हकमा स्नातकोत्तर तह उत्तीर्ण र बीमा समितिबाट मान्यता प्राप्त इन्स्टिच्युट अफ एक्चुअरीबाट फेलोशीप हासिल गरेको हुनुपर्ने छ ।

बीमांकी सम्बन्धमा स्नातक तह उतीर्ण वा अन्य विषयमा स्नातकोत्तर उतीर्ण गरी बीमा विषयमा फेलोशिप वा एशोसिएटशीप वा लाइसेन्सशिप हासिल गरेको हुनुपर्नेछ ।

बीमा क्षेत्रमा व्यवस्थापन वा सो सरहको पदमा रही कम्तिमा एक दशक कार्य अनुभव भएको हुनुपर्ने छ । तर कुनै विद्यावारिधी गरेको उम्मेदवारको हकमा नौ वर्ष कार्य गरेको अनुभव खोजेको छ ।

त्यस्तै ,स्वदेशी पूनर्बीमा दाबी विज्ञ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उतीर्णको साथै बीमा कम्पनीमा दाबी व्यवस्थापनमा व्यवस्थापक पदमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

ईच्छुक योग्य उम्मेदवारले व्यवसायीक कार्य योजना सहित खामबन्दी निवेदन ३० दिन भित्र नेपाल पुनर्बीमा कम्पनीको प्रधान कार्यालयमा दर्ता गराउनुपर्नेछ ।

Comments

Back to top