नेपाल खानेपानी संस्थानमा विभिन्न पदमा रोजगारी
नेपाल खानेपानी संस्थानमा रिक्त पदहरु मध्ये, खुला प्रतिस्पर्धात्मक अन्तर्वार्ता परीक्षा मार्फत् ६ महिनाको लागि करार सेवामा रिक्त पदहरू पदपूर्ति लागि ईच्छुक योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ।
आवेदन फारमको साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र आदि कागजातहरूको प्रमाणित प्रतिलिपि र यस नेपाल खानेपानी संस्थानमा बुझाएको परीक्षा शुल्कको रसिद पनि साथमा ल्याउनु पर्नेछ। यो जानकारी गोरखापत्रमा पहिलो पटक प्रकाशित भएको मितिले ३० दिन भित्र निम्न कार्यालयमा पेश गर्नुपर्नेछ। म्याद नाघेको निवेदन उपर कुनै कारबाही गरिने छैन ।
Comments