ट्रम्पको धम्कीपछि बीआरआई सम्झौता नवीकरण गर्नबाट पछि हट्यो पनामा

पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि पनामाले यस्तो कदम चालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पनामाले सन् २०१७ मा बीआरआई सम्झौता गरेको थियो ।

यो निर्णय भन्दाअघि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोलाई अमेरिकी विदेश सचिव रुबियोले भेटका थिए ।

मुलिनोले विश्वव्यापी व्यापारका लागि अत्यावश्यक जलमार्गको व्यवस्थापनमा नयाँ अमेरिकी सरकारको दबाबको प्रतिरोध गरेका थिए ।

रुबियोले भेटमा चेतावनी दिँदै भनेका थिए, “यदि पनामाले चीनको प्रभाव हटाइएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।”

तर, सीएनएनकाअनुसार रुबियोले भेटपटि नहर फिर्ता लिने वा बल प्रयोग गर्ने कुनै वास्तविक धम्की नदिएको बताएका थिए ।

पनामाका नेताले जलमार्ग वरपर चिनियाँ उपस्थितिबारे अमेरिकी चिन्तालाई सम्बोधन गरेको र सम्झौता गर्न सुझाव दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गर्नुअघि नै पनामा नहर पुनः अमेरिकी नियन्त्रणमा लिने धम्की दिएका थिए ।

एजेन्सी

Comments

Back to top