मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै
मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्ने भएको छ । बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ अर्बको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।
बैंकको हाल कायम अधिकृत पुँजी ८ अर्ब रुपैयाँबाट वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर जारीपश्चात बैंकको हाल कायम जारी तथा चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुर्याइने भएको छ ।
अग्राधिकार सेयर तथा अविमोच्य ऋणपत्र जारी गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न बैंकले १८औँ वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ ।
एजेन्सी
Comments