नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रोजगारी
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा निम्न रिक्त पदहरू खुला र आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामार्फत् पदपुर्ती गर्ने भएकाले निम्न योग्यता पुगेका उम्मेदवारहरूले नेप्सेले तोकेको आवेदन फाराम प्रकाशित भएको मितिले २१ दिनभित्र भर्न सक्नेछन्। नेप्से रिक्त पद समितिको सचिवालय (प्रशासन शाखा) मा दरखास्त दर्ता गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको जनाईएको छ ।
प्रक्रिया बिना, म्याद समाप्ति वा आवेदनसँग आवश्यक कागजात संलग्न नगरी पेश गरिएको आवेदनमा कुनै कारबाही नगरिने बताईएको छ। आवेदन फारम, विज्ञापन र पाठ्यक्रमहरू नेप्सेको वेबसाइट www.nepalstock.com.np बाट डाउनलोड गर्न सकिन्छ।
पहिलो प्रकाशित मिति:२०७८/११/२७
Comments