पालिका तहको रिक्त पदमा हुने उपचुनावको तयारी पूरा

उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए। चुनाव हुने पालिकामा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

नगरपालिकाको मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपचुनाव हुन लागेको हो । उपचुनावमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भूल) निर्विरिोध निर्वाचित भइसकेका छन् ।

यस्तै रुकुम -पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओबादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान सकिएर सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य शुरु हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ ।  

एजेन्सी

Comments

Back to top