भुटेको लसुन र ल्वाङ खाँदा फाइदै-फाइदा
टेको लसुन र ल्वाङको सेवन स्वास्थ्यका लागि धेरै फाइदाजनक रहेकाे अनुसन्धानले देखाएकाे छ । यी दुबै चीजमा यस्ता तत्त्व हुन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै हड्डी र मांसपेशीको बलियोपन, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छन्। यसको नियमित सेवनले शरीरलाई डिटक्स गर्नुका साथै मौसमी रुघाखोकीबाट पनि राहत दिन्छ । भुटेको लसुन र ल्वाङको सेवनका अन्य धेरै फाइदा छन्, यसबारे जानौँ :
इम्युनिटी बुस्टरकाे भूमिका
लसुन र ल्वाङमा पाइने एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । यसले इम्युनिटी बुस्टरकाे रुपमा काम गर्छ । लसुनमा एलिसिन नामक तत्त्व हुन्छ, जसले शरीरमा भाइरस र ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।
त्यस्तै, ल्वाङमा युजेनोल नामक यौगिक हुन्छ, जसले शरीरलाई संक्रमणबाट बचाउन मद्दत गर्छ । जाडो याममा जब मौसमी रोगहरूको जोखिम बढ्छ । त्यतिबेला लसुन र ल्वाङको सेवनले शरीरलाई भित्रैबाट बलियो बनाउँछ र रोगसँग लड्ने क्षमता बढाउँछ ।
हड्डी र मांसपेशी बनाउँछ बलियो
लसुन र ल्वाङमा क्याल्सियम र आवश्यक खनिज पदार्थ धेरै मात्रामा हुन्छन्, जसले हड्डी र मांसपेशीहरूलाई बलियो बनाउँछन् । नियमित रुपमा यसको सेवनले जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छ र मांसपेशीको थकान पनि हटाउँछ । विशेषगरी वृद्धवृद्धाका लागि यो धेरै फाइदाजनक हुन्छ ।
रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण
लसुनलाई प्राकृतिक तबरले रक्तचाप र कोलेस्ट्रोल घटाउने पदार्थको रुपमा चिनिन्छ । यसले रगतमा प्लेटलेट्स जम्ने प्रक्रियालाई ढिलो बनाउँछ, जसले हृदयाघात र स्ट्रोकको जोखिम कम गर्छ । ल्वाङले पनि शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न मद्दत गर्छ, जसले मुटुरोगको जोखिम कम गर्छ ।
शरीर डिटक्स
भुटेको लसुन र ल्वाङ शरीरलाई डिटक्स गर्ने उत्कृष्ट उपाय हो । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ र कलेजोको कार्यक्षमता पनि सुधार्छ । यसले पाचन प्रक्रिया सुधार्छ । जसले गर्दा शरीरका सबै अंगले राम्रोसँग काम गर्छ ।
कसरी सेवन गर्ने ?
भुटेको लसुन र ल्वाङको सेवन बिहान खाली पेटमा गर्नु सबैभन्दा फाइदाजनक मानिन्छ । यसका लागि लसुनका २/३ पोटी भुट्ने र १/२ वटा ल्वाङसँग मिसाएर खाने । यसलाई दैनिक खाँदा तपाईंमाथि बताइएका समस्याबाट बच्न सक्नुहुन्छ ।
एजेन्सी
Comments