हुन्डाई क्रेटा ईभी लन्च मिति पुष्टि, जनवरी २०२५ मा लन्च हुने

हुन्डाई क्रेटा ईभी परीक्षणको क्रममा देखिएको छ, जसका कारण हुन्डाई क्रेटा ईभी अब छिट्टै भारतमा लन्च हुने अनुमान गरिएको छ ।

यो सँगै अब यसको लन्चिङ डेट पनि पक्का भएको छ । हालै हुन्डाई इन्डियाका प्रमुख अपरेटिङ अफिसर (सीओओ) तरुण गर्गले लगानीकर्ताको बैठकमा यसको सुरुवातको खुलासा गरेका हुन्। उनका अनुसार हुन्डाई क्रेटा ईभी जनवरी २०२५ मा लन्च हुनेछ ।

क्रेटा ईभीको डिजाइन क्रेटा आईसीई जस्तो देखिएको छ। यसमा कनेक्टेड एलईडी डीआरएल सेटअपको साथमा समान हेडलाइट डिजाइन देख्न सकिन्छ ।

साथै यसको टेल लाइटको डिजाइन पनि आईसीई क्रेटा जस्तै हुनेछ। यसमा एरोडायनामिकली डिजाइन  गरिएको  अलोय  ह्विल पनि हुनेछ, जसको  साइजमा  १७ इन्च  हुन  सक्ने अनुमान गरिएको छ ।

क्रेटा ईभीमा ड्युअल टोन इन्टेरियर र ड्युअल स्क्रिन डिस्प्ले हुनेछ । साथै यसमा नयाँ ३ स्पोक स्टेयरिङ ह्विल र स्टेयरिङ ह्विलको पछाडि ड्राइभ सिलेक्टर हुनेछ ।

टिजरका अनुसार क्रेटा ईभीमा १०.२५ इन्चको टचस्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले हुनेछ ।

यसमा अल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर र भेन्टिलेटेड फ्रन्ट सिट पनि उपलब्ध हुनेछ ।

सेफ्टीका लागि क्रेटा ईभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर देख्न सकिन्छ। यसमा अटो इमर्जेन्सी ब्रेकिङ, लेन असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता केही एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रविधि पनि हुने सम्भावना छ ।

हुन्डाईले अहिलेसम्म आफ्नो ब्याट्री प्याक र इलेक्ट्रिक मोटरको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन। यसमा धेरै ब्याट्री प्याक विकल्प हुनेछ, जसले फुल चार्ज पछि ४०० किलोमिटरसम्मको रेन्ज दिनेछ ।

हुन्डाई क्रेटा ईभीको मूल्य करिब २० लाख भारु हुन सक्ने अनुमान गरिएको छ । यसले एमजी जेडएस ईभी, टाटा कर्भ ईभी र आगामी मारुती ई(भिटारा सँग प्रतिस्पर्धा गर्नेछ।

एजेन्सी

Comments

Back to top