सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन
काठमाण्डौ उपत्यकाका सडक र खोला किनारका बासिन्दाले आज काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।
भूमि अधिकार संरक्षण सङ्घर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
काठमाण्डौको माइतीघरमा भेला भएर उनीहरूले नाराबाजी पनि गरेका छन् । उनीहरूले मापदण्डका नाममा उठीबास गर्न पाइँदैन, खोला मिच्न पाइँदैन भन्ने लगायतका प्ले कार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।
Comments