सानिमा बैंकको वार्षिक साधारण सभा मंसिर ४ गते
सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।
यसर्थ, बुक क्लोजभन्दा अघिसम्म नियम अनसार कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
एजेन्सी
Comments