नेप्सेमा २२.१४ अंकको वृद्धि, सेयर कारोबार ११ अर्ब ३१ करोड!

सोमबार नेप्से परिसूचक २२.१४ अंकले बढेर २,७६०.२१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०२ कम्पनीको कुल २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयरको करिब ११ अर्ब ३१ करोड ५२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ, ९२ कम्पनीको मूल्यमा गिरावट छ भने ९ कम्पनी स्थिर रहे।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड  र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top