नेप्से इन्ट्राडे अपडेट: ३५.५४ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ३५.५४ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ३५.५४ अङ्कले बढेर २,७७३.६० मा आएको हो। २९२ कम्पनीको १२,८१९,९१२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५ अर्ब ५९ करोड ९२ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा इस्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments