नेप्सेमा ६२.५४ अंकको वृद्धि, सेयर कारोबार ९ अर्ब ७७ करोड!
आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २,७३८.०६ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयरको करिब ९ अर्ब ७७ करोड ११ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२८ कम्पनीको सेयर मूल्य बढेको छ, १३ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा सानिमा ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य ६.७६% ले घटेको छ। कारोबार रकमका आधारमा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments