ग्लोबल आइएमई बैंकको मंसिर २७ गते वार्षिक साधारण सभा

ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि यस बैंकले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने बैंकले  जानकारी गराएको छ । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा ती दिन सेयर बजार बन्द हुन्छ ।

तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा, नेपाल प्रज्ञा प|तिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top