नेप्सेमा ०.२१ अंकको गिरावट, ४ अर्ब २० करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक ०.२१ अंकले घटेर २,६७७.४० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०२ कम्पनीको कुल ९७ लाख १३ हजार ७३० कित्ता सेयरको करिब ४ अर्ब २० करोड ५५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ, १२३ कम्पनीको मूल्यमा गिरावट छ भने ७ कम्पनी स्थिर रहे।

यस दिन कारोबार भएका ६ उपसमूहको परिसूचक घटेको छ भने ७ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सुपर माइ हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा मीड सोलु हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९० लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top