नेप्सेमा ४६.६९ अंकको वृद्धि, ६ अर्ब १२ करोडको सेयर कारोबार!
मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २,६९२.०५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३१९ कम्पनीको कुल १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयरको करिब ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२१ कम्पनीको सेयर मूल्य बढेको छ, १७ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनी स्थिर रहे।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा सप्तकोसी डेभलपमेन्ट कम्पनी लिमिटेड, सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेड र कथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा निफ्रा उर्जा ऋणपत्र रहेको छ जसको सेयर मूल्य १.९५% ले घटेको छ। कारोबार रकमका आधारमा सम्मृद्धि फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments