रिडी पावरले बोलायो साधारणसभा
रिडी पावर कम्पनी लिमिटेडले तेइसौं वार्षिक साधारणसभा मंसिर ७ गते शुक्रबार बोलाएको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् । सभाले साझापावर कम्पनीको कुल प्रस्तावित पूँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त रकम लगानी स्वीकृत गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ऋण अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा कात्तिक २८ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन योग्य हुनेछन् ।
एजेन्सी
Comments