सगरमाथा जलविद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीकोको ४.७५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगदसहित कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैंठकले सो निर्णय गरेको छ । आउँदो वार्षिक साधारण सभा र विद्युत नियमन आयोगले स्वीकृत गरेपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।
एजेन्सी
Comments