एनएलजी इन्स्योरेन्स कम्पनीको कात्तिक ७ गते विशेष साधारण सभा

एनएलजी इन्स्योरेन्स कम्पनीको कात्तिक ७ गते बुधबार विशेष साधारण सभा बस्दैछ । साधारण सभामा इन्स्योरेन्स कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

यता, इन्स्योरेन्स कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । बोर्डले इन्स्योरेन्स कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

हाल यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्कासनका लागि यस कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा, आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top