नेप्सेमा ४७.४४ अंकको गिरावट, ८ अर्ब १८ करोडको सेयर कारोबार!
आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २,६९७.९१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३१५ कम्पनीको कुल २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयरको करिब ८ अर्ब १८ करोड २ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ, २२६ कम्पनीको मूल्यमा गिरावट छ।
यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक स्थिर रह्यो।
प्रमुख कारोबार
यस दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा इर्स्टन हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments