नेप्से इन्ट्राडे अपडेट: ४३.१२ अंकको वृद्धि!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ४३.१२ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ४३.१२ अङ्कले बढेर २,७४२.७८ मा आएको हो। ३१० कम्पनीको ६,०१५,३२८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ६३ करोड ५ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा नेश्लन हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८% वृद्धि भएको छ भने टप लुजरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments