रु रु जलविद्युत परियोजनाले कात्तिक ११ गते साधारण सभा
रु रु जलविद्युत परियोजना लिमिटेडले यस पटक १५.७८ प्रतिशत लाभांश दिंदैछ । यस कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न रु रु जलविद्युत परियोजनाले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २९ गतेसम्म (मंगलबार) कायम रहने सेयरधनीले मात्र लाभांश हात पार्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
एजेन्सी
Comments