साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी काङले पाउने
यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी साहित्यकार तथा कवियत्री हान काङले पाउने भएकी छन् ।
नोबेल पुरस्कार छनौट समितिले कोरियाली साहित्यकार हान काङलाई साहित्यको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । उनले आफ्नो रचनामा ऐतिहासिक आघात र अदृश्य नियमहरूको वर्णन गरेका छन् ।
हानले हरेक कृतिमा मानव जीवनको नाजुकतालाई उजागर गरेको छनोट समितिले जनाएको छ । यस्तै शरीर र आत्मा, जीवित र मृतकबीचको सम्बन्धको बारेमा उनको अनौठो चेतना रहेको पनि समितिले जनाएको छ ।
एजेन्सी
Comments