फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्दै निगमको १ सय ५८ सिटे न्यारोबडी

आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

न्यारोबडीमा १ सय ५८ सिट क्षमता हुने छ ।

‘यो स्पेशल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको छ’ उनले भने ।

एजेन्सी

Comments

Back to top