नेप्सेमा ३७.१३ अंकको वृद्धि, ७ अर्ब ९ करोडको सेयर कारोबार!
सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २,६९०.७२ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयरको करिब ७ अर्ब ९ करोड ५९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ, ६६ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ भने टप लुजरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments