नेप्सेमा ५६.०९ अंकको वृद्धि, ६ अर्ब १३ करोडको सेयर कारोबार!
आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २,६५३.५८ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०८ कम्पनीको कुल १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयरको करिब ६ अर्ब १३ करोड ८२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य बढेको छ, २३ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा न्यादी हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने टप लुजरमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा सहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ।
Comments