अस्थायी आवासका लागि प्रभावितको नाम तत्काल पठाउन पालिकालाई गृहमन्त्रीकाे अनुरोध

गृहमन्त्री रमेश लेखकले वर्षाजन्य विपद् प्रभावितहरूको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन पालिकाहरूलाई अनुरोध गरेका छन् ।

मन्त्रालयमा आज भएकाे एक कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले पालिकाले विपद् प्रभावितहरूको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताए । पालिकाले जति चाँडो लाभग्राही पहिचान गरेर सङ्घ सरकारलाई नाम पठाउँछन्, त्यति नै चाँडो पीडितले राहत पाउने उनले बताए।

गृहमन्त्री लेखकले अविरल वर्षापछि देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएपछि सरकार गम्भीर भएर काममा लागेको दाबी गरे । उनले विपद्बाट ज्यान गुमाएका मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरूमा पैसा पठाइसकेको पनि बताए ।

एजेन्सी

Comments

Back to top