हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो कर्णाली कारिडोर हुम्लाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जीप ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उक्त जीपमा चालकसहित सात जना सवार थिए ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँजा बस्ने वर्ष ४९ वर्षिय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा छन् ।

एजेन्सी

Comments

Back to top