तीन वरिष्ठ हमास नेता मारिएको इजरायली सेनाको दाबी
इजरायल रक्षा बल (आईडीएफ)ले तीन महिना अगाडि ३ जना वरिष्ठ हमास नेतालाई मारेको दाबी गरेको छ ।
मारिनेमा रवी मुश्ताहा हमास सरकारको प्रमुख तथा हमासका सुरक्षा प्रमुख समेह अल–सिराज र सामी ओदेह रहेको आईडीएफले जनाएको छ ।
आफ्नो आतंक र मनोबलमा असर पर्ने भएकोले हमासले उनीहरुको मृत्युको घोषणा नगरेको इराजलले दाबी छ । गाजाको उत्तरी क्षेत्रमा भूमिगत रहेका र हवाई आक्रमणका क्रममा मारिएका आईडीएफले बताएको छ ।
यस्तै, लेबनान स्वास्थ्य मन्त्रालयले केन्द्रीय बेरुतमा भएको आक्रमणमा ९ जना मारिएको र १४ घाइते भएको जनाएको छ ।
एजेन्सी
Comments