आफूमाथिको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गर्दै रास्वपामा मुकुलको अर्को निवेदन

डा. मुकुल ढकालले आफूमाथिको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा  अर्को निवेदन दिएका  छन् । रास्वपा पुनरावेदन समितिलाई सम्बोधन गरिएको निवेदनमा डा.ढकालले आफूलाई पार्टीको साधारण सदस्य कायम राख्न आग्रह गरेका छन् ।

यसअघि उनले महामन्त्री पदमा बहाल रहन पाउँ भन्दै पार्टीमा  निवेदन  पेश गरेका थिए । अघिल्लो पत्रमा जस्तै यस पत्रमा पनि उनले आफूबाट पार्टी हितविपरीतको कुनै काम नभएको भन्दै कारबाहीको वैधतामाथी प्रश्न गरेका छन् ।

म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानूनविपरीत केन्द्रीय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ’ उनले निवेदन गरेका छन्, ‘साथै मलाई मिति २०८१/०३/२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।’

एजेन्सी

Comments

Back to top