भारतमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते

भारतको मध्य प्रदेश राज्यमा रोकिराखेको ‘डम्पर ट्रक’मा बस ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४९० किलोमिटर उत्तरपूर्वमा पर्ने मैहर जिल्लाको नादान देहात प्रहरी चौकी क्षेत्रमा शनिबार राति सो दुर्घटना भएको हो ।

प्रहरी उपरीक्षक सुधिर अग्रवालले घटनाको पुष्टि गर्दै भने, “गएराति नादान देहात थाना क्षेत्रमा राष्ट्रिय राजमार्गमा यात्रु बोकेको बस रोकिराखेको ढुङ्गाले भरिएको ‘डम्पर ट्रक’मा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।”

प्रहरीका अनुसार बसभित्र फसेका यात्रुलाई स्थानीय नागरिक र प्रहरीले उद्धार गरेका थिए । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरू भइसकेको जनाएको छ ।

उत्तर प्रदेशबाट आउँदै गरेको बस महाराष्ट्रको नागपुरका लागि छुटेको थियो । 

एजेन्सी

Comments

Back to top