नेप्सेमा २२.३६ अंकको गिरावट, ४ अर्ब ५ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक २२.३६ अंकले घटेर २,४६४.४० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२७ कम्पनीको कुल १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयरको करिब ४ अर्ब ५ करोड ६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ, १९३ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ भने टप लुजरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ९२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपी पावर कम्पनी लिमिटेडको कारोबार भयो।

 

Comments

Back to top