हेलेन आँधीका कारण अमेरिकामा कम्तीमा ४५ जनाको ज्यान गयो

अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण कम्तीमा ४५ जनाको ज्यान गएको छ । आँधीका कारण लाखौं घरपरिवार बिद्युतविहिन भएका बीबीसीले जनाएको छ । दुई सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको तटमा बज्रिएको आँधीले मुसल्धारे बर्षा गराएको छ ।

फ्लोरिडाको तटमा आइपुगेको यो आँधी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधी फ्लोरिडाबाट उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको छ ।

आँधीका कारण अर्बौँ डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाले बताएका छन् । आँधीपछि आएको बाढीमा फसेका मानिसलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर लगायत प्रयोग भइरहेका छन् ।

एजेन्सी

Comments

Back to top