इजरायलबाट लेबनानको राजधानी बेरुत लक्षित आक्रमण थप तीब्र
इजरायलले लेबनानको राजधानी बेरुत लक्षित आक्रमणलाई थप तीब्र बनाएको छ । इजरायलको सेनाले बेरुतका भवन लक्षित आक्रमण गरिरहेको बताएको छ । ती भवनमुनि हिज्बुल्लाहले हतियार भण्डार गरिरहेको उसको दाबी छ । लेबनानको राजधानीको दक्षिणी क्षेत्रमा रहेका भवन खाली गर्न मानिसलाई आग्रहपछि आक्रमण तीब्र भएको बीबीसीको खबरमा उल्लेख छ ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेनालाई हिज्बुल्लाहविरुद्ध पूर्ण शक्ति लगाएर लड्न निर्देशन दिनुभएको छ । अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामको लागि आह्वान भए पनि त्यसलाई अस्विकार गरी नेतन्याहूको पछिल्लो निर्देशन आएको हो ।
यसअघि अमेरिका, बेलायत र युरोपेली सङ्घ ईयूसहितका १२ देशले तीन हप्ता लामो युद्ध विरामको प्रस्ताव गरेका थिए । लेबनान र उत्तरी इजरायलको अवस्था निकै चिन्ताजनक रहेको उनीहरुको प्रतिक्रिया छ ।
एजेन्सी
Comments