युक्रेनसँगको युद्धमा ठूला आणविक आक्रमण शुरु गर्ने रुसको चेतावनी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले रुसले आणविक हतियार प्रयोग गर्ने विषयमा केही नियम र पूर्व सर्तहरु परिवर्तन गर्न लागेको बताए ।

युक्रेन एक गैर–आणविक राज्य भए पनि अमेरिका र अन्य आणविक देशबाट सैन्य समर्थन प्राप्त गरेको रुसको दाबी रहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी कीभले रूसमा सैन्य क्षेत्रमा लामो दूरीको पश्चिमी मिसाइल प्रयोग गर्न स्वीकृति खोजेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकामा भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वाशिङ्गटनमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेर लामो दूरीको मिसाइल प्रयोगको प्रस्तावबारे छलफल हुनसक्ने खबरमा उल्लेख छ ।

यसअघि चीनले पनि पुटिनलाई आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए । उनले युद्धरत राज्यहरूले ठूला आणविक आक्रमणहरु शुरु गर्ने हो भने विनाश र विपत्ति निम्याउने जोखिम बढ्ने बताउँदै आएका छन् ।

एजेन्सी

Comments

Back to top