जीबी राईविरुद्ध अर्को पनि मुद्दा दर्ता, ४ सय ४६ जनाको साढे ३७ करोड रुपैयाँ अपचलन गरेको आरोप
सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) विरुद्ध अर्को मुद्दा पनि दर्ता भएको छ। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा ठगी मुद्दा विचाराधीन रहेकै बेला जिल्ला अदालत चितवनमा पनि अर्को मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दर्ता गरेको मुद्दामा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका चार सय ४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा छ । मुद्दामा संस्थापक अध्यक्ष जीबीसहित १७ जनालाई प्रतिवादी बनाइएको छ । मुद्दा दायर गरिएकामध्ये कुमार रम्तेल मात्रै पक्राउ परेका छन् । अन्यलाई फरार सूचीमा राखिएको छ ।
सहारा सहकारीबाट पनि गोरखा मिडिया नेटवर्क प्रालीमा तीन करोड ५० लाख रुपैयाँ लगिएको पाइएको छ । बचतकर्ताले भने १० करोड ८० लाख १८ हजार एक सय ५१ रुपैयाँ गोरखा मिडियामा गएको बताउँदै आएका अभियोगपत्रमा उल्लेख गरिएको छ ।
एजेन्सी
Comments