चीनले दशकौंपछि परीक्षण गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल
चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । जसमा डमी वारहेड प्रयोग गरिएको थियो ।
चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले उक्त मिसाइलहरु चीनले अन्तिम पटक सन् १९८० को दशकमा परीक्षण गरेको बताएका छन् ।
चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ ।
अमेरिकी रक्षा विश्लेषक जोन रिजले आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।
एजेन्सी
Comments