प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६६ अंकले बढ्यो !
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६६ अंकले बढेको छ।
मंगलबार ५८.९३ अंकले घटेर २,४७०.३९ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,४७३.०६ मा खुलेको हो। कुल ३,१४९ कित्ता सेयरको खरिदबिक्री करिब २२ लाख ५५ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ४३ कम्पनीमध्ये २६ को मूल्य बढ्यो भने १६ कम्पनीको मूल्य घटेको छ ।
यस अवधीमा कुल ५७ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments