नेप्सेमा ५८.९३ अंकको गिरावट, ५ अर्ब ६८ करोडको सेयर कारोबार!
मंगलबार नेप्से परिसूचक ५८.९३ अंकले घटेर २,५७०.३९ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयरको करिब ५ अर्ब ६८ करोड ९५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य बढेको छ, २३३ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.८३ प्रतिशतले बढेको छ भने टप लुजरमा हिमालयन हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments